बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मोराटालाई गोल गर्न नसक्दा बेइज्जत र धम्की :  केही व्यक्तिले भने, ‘तिम्रा सन्तान मरुन्’

शनिबार, १२ असार २०७८, १० : २५
शनिबार, १२ असार २०७८

पोल्यान्डविरुद्धको समूह चरणको खेलमा स्पेन १–१ गोलको बराबरीमै रोकियो । घरेलु मैदान सेभियामा भएको यस खेलमा स्पेनले अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, जरार्ड मोरिनोले गरेको पेनाल्टी गोलपोस्टमा ठोक्किएर बाहिरियो । अनि, रिबाउन्डमा अल्भारो मोराटाले गरेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन । 

यसपछि आफूमाथि निरन्तर धम्की आएको खुलासा मोराटाले गरेका छन् । ‘मानिसहरुले मेरो बेइज्जीत गरे । धम्की दिए, तिम्रा बालबच्चा मरुन् भने,’ मोराटाले भने । 

समूह चरणमा स्पेनले खेलेको यो दोस्रो बराबरी थियो । यस खेलअघि सुरुवाती खेलमा पनि स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो । लगातारको बराबरी नतिजापछि अन्तिम खेलमा जित निकाल्नैपर्ने दबाबमा स्पेन पुगेको थियो । 

युभेन्टस्बाट खेलिरहेका यी स्टारले खेलपछि निरन्तर आफ्नो ट्रोल हुँदा त्यस रात सुत्न नसकेको बताएका छन् । यद्यपी, राम्रो खेल्ने र स्पेनलाई उपाधि जिताउनेमा आफु प्रतिवद्ध रहेको उनले बताए । २०२० यता, एथलेटिको म्याड्रिडले मोराटालाई ऋणमा युभेन्टस् पठाएको छ । 

स्पेनको सशक्त कमब्याक 
सुरुवाती दुई खेल बराबरी खेलेको स्पेनले आफ्नो अन्तिम खेलमा भने निकै उत्कृष्ट कमब्याक ग¥यो । उसले स्लोभाकियालाई ५–० ले हराउँदै अन्तिम १६ को यात्रा ग¥यो । अब, उसले क्रोयशियाको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप