मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित

शुक्रबार, ११ असार २०७८, २२ : ३६
शुक्रबार, ११ असार २०७८

रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाई रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।  

रुसको मस्को शहरमा यहाँका सङ्क्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका सङ्क्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचारअनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको चौबीस घन्टायता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप