शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुँदै

शुक्रबार, ११ असार २०७८, २२ : ३१
शुक्रबार, ११ असार २०७८

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा बताएका हुन् । 

बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए ।

उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप