शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदीद्वारा ६० जना हाइवे टेक्निसियनहरुलाई ३ हप्ते विशेष तालिम

शुक्रबार, ११ असार २०७८, २१ : २९
शुक्रबार, ११ असार २०७८

काठमाडौं । सिप्रदी ट्रेडिङले लकडाउनको समयमा ६० जना हाइवे (टेक्निसियन) च्यानल पार्टनरहरुलाई ३ हप्ते विशेष तालिम दिएको छ । टाटा गाडीमा आएका नयाँ प्रविधि, विशेषतः बी.एस.फोर, एस.सी.आर र ए.बी.एस सम्बन्धित विषयहरु तालिममा समावेश गरेको सिप्रदीले जनाएको छ । 

कार्यक्रममा टाटा गाडीको बारेमा नयाँ जानकारी लिन चाहने र गाडी मर्मत सम्बन्धि थप प्राविधिक जानकारी लिन चाहने राजमार्गका च्यानल पार्टनरहरुलाई लक्षित गरी संचालन गरिएको कम्पनीले जनाएको छ । यस असहज परिस्थितिलाई ध्यानमा राख्दै सिप्रदीले यो तालिम अनलाइन प्राविधिक माइक्रोसफ्ट टिम्स मार्फत संचालन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप