कर्णालीमा खनाल–नेपाल पक्षका तीन सांसद निलम्बित
कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’
यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रुपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिएको थियो । तर, उनीहरुले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा नदिने दावी गर्दै आएका थिए । पुनर्बहालीपछि यसको प्रत्यक्ष प्रभाव प्रदेशसभा सचिवालयमा परेको छ । बजेट प्रस्तुतपछि हालसम्म सहज रुपमा सदन चल्न सकिरहेको छैन् । एमालेले सरकारमा दुईवटा एमाले नभएका कारण यो राजनीतिक मुद्दा किनारा नलागेसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण