बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

शुक्रबार, ११ असार २०७८, २० : ४१
शुक्रबार, ११ असार २०७८

जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका प्रशान्त बिक्रम थापा र झापा गाउँपालिकाका विशाल मर्डी रहेको प्रहरीले जनाएको छ । 

थापालाई गएराती साढे १२ बजे बाह्रदशी गाँउपालिका २ जनता बजारबाट पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ  मे ८ प १६४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका २७ वर्षीय थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

त्यस्तै आज बिहान १० बजे झापा गाँउपालिका २ बाट ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय मर्डीलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर  ७ ग्राम ३०० मिलि ग्राम फेला पारेको थियो । पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप