पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिन माग
सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिल नेपालले यहाँ आज आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उनीहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोक कल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
पत्रकारको प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने र पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने पनि पत्रकारको माग थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सातै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दै लेखन वृत्तिमार्फत पत्रकारलाई दिइँदै आएको सुविधा बढाइने र बिरामी पत्रकारको उपचारार्थ औषधोपचारका सहयोग गरिने जानकारी दिए ।
काउन्सिल सदस्य चिरञ्जीवी मास्केले श्रमजीवी पत्रकारलाई महामारीका समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि भएकामा चिन्ता व्यक्त गर्दै विज्ञापनको भुक्तानी समयमा नहुँदा सञ्चारगृह समस्यामा परेको बताए । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि एवं पेशागत मर्यादा कायम रहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत