बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्वयम्भूबाट चितुवाको छालासहित २ जना पक्राउ

शुक्रबार, ११ असार २०७८, १९ : ५४
शुक्रबार, ११ असार २०७८

प्रहरीले काठमाडौंको स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ थान चितुवाको छालासहित २ जनालाई  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भएका ३२ वर्षीय सुशीलकुमार वाइबा र ध्याङलेख गाउँपालिका १ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप