माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।
निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।
पद नाम जिल्ला गाउँपालिका/नगरपालिका
प्रमुख रिनाकुमारी साह रौतहट मौलापुर नगरपालिका
प्रमुख सियारामप्रसाद कुशवाहा रौतहट कटहरिया नपा
उप्रमुख परनिया देवी रौतहट देवाही गोनाही नपा
उप्रमुख गौरीशंकरप्रसाद रौतहट मैलापुर नपा
उप्रमुख कान्तिदेवी रौतहट फतुवाविजयपुर नपा
उपप्रमुख सिमलकुमारी साह रौतहट माधवनारायण नपा
उपाध्यक्ष गीतादेवी साह रौतहट यमुनामाई गापा
नगरकार्यपालिका सदस्य सतमीलाल दास सिरहा लहान नपा
वडाध्यक्ष सुरेशकुमार थापा ओखलढुंगा चम्पादेवी गापा–७,
अध्यक्ष शेष फारुक महोत्तरी सम्सी गापा
उपप्रमुख छायादेवी देवकोटा कैलाली भजनी नपा
वडाध्यक्ष भागिरथी विष्ट कैलाली गौरीगंगा नपा–४
वडाध्यक्ष शर्मानन्द भट्ट कैलाली गोदावरी नपा
वडाध्यक्ष पुरन बिसी कैलाली बर्दगोरिया नपा–४
एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो । आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावली बमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि