सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : सञ्चारमन्त्री नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए ।
मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘हामीले प्रविधिहरूलाई व्यवस्थित ढंगले तल तल पुर्याउनु जरुरी छ । टेलिफोन र सूचनाका सेवाहरुलाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित गर्न जरुरी छ । त्यसलाई नियमन गर्नु जरुरी छ । सही सूचनाहरु नागरिकलाई सम्प्रेषण गर्नु जरुरी छ । त्यसको नियमन गर्न पनि त्यत्तिकै जरुरी छ । दुर्गम क्षेत्रमा हाम्रा कम्युनिकेशनका सेवाहरुलाई पुर्याउनु जरुरी छ । डिजिटल नेपाल फ्रेम वर्कको कुरालाई एउटा प्याकेजमा पुरा गर्न जरुरी छ ।’
मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनताको जीउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा एक इन्च पनि तलमाथि नपरी दृढ विश्वासको साथ पुरा गरेर छाड्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?