सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका उर्जामन्त्री भन्छन्– असारे विकासको अन्त्य हुन आवश्यक छ

शुक्रबार, ११ असार २०७८, १८ : ०१
शुक्रबार, ११ असार २०७८

कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जामन्त्री दीनबन्धु श्रेष्ठले असारे विकासको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने भएकाले तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको उनले बताएका हुन् । 

उनले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य गर्नुपर्ने बताए । शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासको कामले गुणस्तरमा प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए । 

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटलाई समयमै कार्यान्वयन गर्नेतर्फ अहिले देखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । आगामी आर्थिक वर्षको बजेट मन्त्रालयले वितरणमुखी नभएर कार्यान्वयनमुखी ल्याएकोले समयमै सम्पन्न गर्नका लागि अहिले देखिनै योजना बनाउन लाग्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर छ । अब सच्याउँदै लिनुपर्छ ।’ 

मन्त्रालयबाट बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनतर्फ लागे समयमै कामहरु सम्पन्न हुन्छन्, असार कुर्नुपर्दैन । त्यसका लागि सबै कार्यालयहरूले कार्ययोजना बनाएर काम गर्नु आवश्यक छ ।’  मन्त्री श्रेष्ठले विकास निर्माणका कामहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप