शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राणालाई उपरथीको दर्ज्यानी

शुक्रबार, ११ असार २०७८, १७ : ५४
शुक्रबार, ११ असार २०७८

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष कार्यक्रममा  पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

 उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप