कुष्ठरोग निवारणको ७ वर्षः अझैं वर्षेनी ३ सय रोगी थपिँदै
काठमाडौं–नेपाललाई कुष्ठरोग निवारण घोषणा गरेको ७ वर्ष भइसकेको छ । १० हजार जनसंख्यामा १ भन्दा कम कुष्ठरोगीको संख्या रहेको अवस्थालाई निवारण भन्न सकिन्छ । यहि संङख्याको आधारमा सन् २०१० मा निवारणको घोषणा गरिएको हो ।
१० हजार जनसंख्यामा रोगीको संख्या एक भन्दा कम अर्थात ०.७७ प्रतिशत थियो । त्यसैको आधारमा नेपाललाई कुष्ठरोग निवारण गरिएको हो । निवारण देखि अहिले सम्म आउदा रोगीको संख्या १० हजारमा १ भन्दा कम नै रहेको छ । तर ०.७७ भन्दा चाहीँ बढेको देखिन्छ । सन् २०१६ सम्ममा ०.८४ रहेको छ । अर्थात ३ हजार ५४ जना नयाँ बिरामी फेला परेका छन् ।
सन् २०१० अर्थात निवारणको वर्ष ३१ सय ४२ ,सन् २०१२ मा ३४ सय ८१ ,सन् २०१३ मा ३२ सय ५३ ,सन् २०१४ मा ३२ सय २३,सन् २०१५ मा ३ हजार ५३ र सन् २०१६ मा ३ हजार ५४ जना नयाँ बिरामी फेला परेको कुष्ठरोग महाशाखाका डाक्टर रबिन्द्र बास्कोटाले बताए ।
निवारणको वर्ष र अहिले सम्मको तथ्याङक हेर्ने हो भने बिरामीको संख्यामा बृद्धि भएको छ । कुष्ठरोग महाशाखा भने नयाँ विरामीको संख्या बृद्धि भएपनि १० हजार जनसंख्यामा १ वा त्यो भन्दा कम बिरामीको रहेको बताउदै आईरहेको छ । कारण कुनै जिल्लामा धेरै, कुनै जिल्लामा कम र कुनै जिल्लामा विरामी भेटिन्नन् । निवारणको वर्षलाई अन्य वर्षको तथ्याङक संग दाज्ने हो भने सन् २०१५ बाहेक अन्य वर्षमा ३ सय सम्म बिरामीको सख्या बढेको देखिन्छ ।
लुकेर बस्नेको संख्या धेरै
कुष्ठरोगका विरामीहरु अझै सम्म पनि खुलेर बाहिर आउने सकेका छैनन् । कुष्ठरोगीलाई नेपाली समुदायले हेर्ने दृष्टीकोणमा फरकपन खासै भेटिन्न । यस कारण पनि समाजको हेपाहा प्रवृत्तिमा बस्न चाहादैनन् र स्वास्थ्य संस्थामा आउँदैनन् । आफ्नो परिवारको पनि राम्रो साथ नमिल्दा रोगी उपचार भन्दा पनि लुकेर बस्न बाध्य भएका छन् ।
विस्तारै यो रोगबारे चासो दिएर स्वास्थ्य स्वास्थ्यामा आउनेको संख्यामा बृद्धि त भएको छ । तर महिला भन्दा पुरुषको संख्या धेरै रहेका छन् । कुष्ठरोगलाई लुकाई राख्नेमा महिलाको संख्या धेरै रहेको देखिन्छ । कुष्ठरोग सरुवा रोग हो । लुकेर बस्ने रोगीले अरुलाई पनि रोग सार्नु कुष्ठरोग निवारणको मुख्य चुनौती देखिएको छ । कुष्ठरोग पहिचान भईसक्दा रोगीले आफ्नो परिवारको सदस्यलाई सारिसकेको हुन्छ । त्यसैले कुष्ठरोगको परिक्षण गराउदा रोगीलाई मात्रै नभई परिवारको सबै सदस्यको स्वास्थ्य परिक्षण गराउनु पर्ने हुन्छ ।
नियमित औषधि सेवन गरे रोग निको हुन्छ
सन् २०१५÷१६ सम्म २ हजार ५ सय ५९ जना बिरामीले औषधि खाएका थिए । कुष्ठरोगी परिक्षण पछि औषधि सेवन गरको १ वर्ष र ६ महिना भित्रमा रोग निको हुन्छ नै । कुष्ठरोग सरुवा रोग भएपनि औषधि सेवन गर्न थाले पछि अरुलाई सर्दैन् । सरकारले पहिचान भएका सबै रोगीलाई निशुल्क औषधि उपलब्ध गराउदै आईरहेको छ । कुष्ठरोगको औषधि रोगको प्रकार अनुसार ६ महिना र एक वर्ष नियमित औषधि खाए निको हुन्छ । शरीरमा किटाणुको लोड कम,घाउ खटिराहरु कम,नसा कम सुन्निएको छ र कम असर भएको व्यक्तिलाई ६ महिना औषधि खाए पुग्छ । जुन औषधि हरियो पत्तामा हुन्छ ।
किटाणुको लोड धेरै, बढी घाउ खटिराहरु आएको छ, नसा पनि धेरै सुन्निएको छ र धेरै असर भएको भएको व्यक्तिले भने एक वर्ष सम्म औषधि सेवन गर्नु पर्ने हुन्छ । जुन औषधि रातो पत्तामा हुन्छ । यो दुबै प्रकारको औषधि सरकारले निशुल्क वितरण हुँदै आईरहेको छ । औषधि सेवन गरेको ६ महिनादेखि एक वर्ष सम्म कुष्ठरोग पूर्ण निको हुन्छ । तर कुष्ठरोगको किटाणुले खाएको नसा निको हुनको लागि धेरै समय लाग्ने हुन्छ लाग्ने हुदा कुष्ठरोगको असर लामो समयसम्म देखिन्छ । कुष्ठरोगको औषधि एक वर्ष भन्दा लामो समयसम्म खानुपर्देन ।
१८ वटा जिल्लामा रोगीको संख्या बढी
महाशाखाको तथ्याङक अनुसार १८ वटा जिल्लामा एक भन्दा धेरै विरामीहरु रहेका छन् । झापा मोरङ,सुनसरी,महोत्तरी लगायतको जिल्लामा २ भन्दा बढी बिरामीहरु रहेका छन् । यि जिल्लाहरुमा निवारणमा झनै चुनौती थपिएको छ । तर हिमाली जिल्ला मनाङ,मुस्ताङ,डोल्पा,सोलु,रसुवा लगायतको जिल्लामा एक जना पनि रोगी छैनन् । अन्य ५२ जिल्लामा निकै कम रोगीहरु रहेका छन् । तर पनि वार्षिक रुपमा रोगीको संख्या बृद्धि भईनै रहेको छ । भूगोलको आधारमा पनि कुष्ठरोग तराईको जिल्लाहरुमा बढीमात्रमा रहेका छन् भने पाहाडी जिल्लामा कहि कतै भेटिन्छ । हिमाली जिल्लामा रोगीको संख्या ० रहेको छ । तराईमा एउटै घरमा धेरै व्यक्ति बस्ने ,जमघट भईरहने हुदा संख्याको आधारमा धेरै रोगीहरु बढीनै रहेका छन् ।
बालबालिकालाई कुष्ठरोग लागे देशलाई घाटा हुन्छ
नेपालमा कुष्ठरोग लाग्ने बालबालिकाको संख्या ७.२ प्रतिशत रहेका छन् । बाल्यकालमानै कुष्ठरोग लाग्दा शारिरीक तथा मानसिक बिकासमा अवरोध त हुनेनै भयो । यो रोगको कारण धेरै बालकालिकाहरु आफ्नो व्यक्तित्व विकासमा पछि परेका छन् । नेपालमा कुष्ठरोगकै कारण ३.५७ प्रतिशत नेपाली अपाङग हुनु परेको छ । नयाँ रोगी पत्ता लगाउनको लागि महाशाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बार्षिक रुपमा संचालन गरिने ३० देखि ४० वटा कार्यक्रम रोगीको अवस्था अनुसार संचालन भईरहेको छ र पनि नयाँ बिरामीको संख्या मा पनि बृद्धि भएको छ ।
३ देखि ५ करोडमा चित्त बुझाउदै आएको कुष्ठरोग महाशाखालाई सरकारले दुई आर्थिक वर्ष यता बजेट बृद्धि गरेको छ । महाशाखाले जनाए अनुसार कुष्ठरोग महाशाखा र अपाङगता इकाइको लागि सरकारले २० देखि २५ करोड रकम विनियोजन गरेको छ ।
तर, बजेट अनुसार काममा तिव्रता नहुँदा कुष्ठरोगको कार्यक्रम खस्किदै गईरहेको छ । कुष्ठरोग निवारणमा जनचेतना र प्रचार प्रसार जस्ता कार्यक्रमको मुख्य भूमिका हुन्छ । यी विभिन्न कार्यक्रम संचालनको लागि कहिले बजेट हुन्न । कहिले कर्मचारी । अहिले कुष्ठरोग महाशाखाको केन्द्रिय कार्यालय ३ जना कर्मचारीको भरमा चलिरहेको छ भने केही गैरसरकारी निकायहरुको पनि सहकार्य रहेको छ ।
कुष्ठरोगका लक्षण
– रातो तथा हल्का फुस्रा दाग देखिने
– अनुहारको छाला बाक्लो हुने,गिर्खा देखिने
– स्नायुमा असर गर्दा ,हातगोडा झमझमाउने
– मांशपेशी कमजोर हुने
– डाबर तथा दाग भएका ठाँउमा चिलाउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन