एमाले बागमती प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले)बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न पनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिदैँ घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनःनिर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४०० परिवारलाई अस्थाइ बसोबासका लागि प्रति प्रतिपरिवार ८ बन्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने,अस्थाई झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।
नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बाढी पीडितको पुनःस्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफुहरु कार्यान्वयनको आशामा रहने बताए ।
असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४०० परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन