बाढी प्रभावित खोपको पहिलो प्राथमिकतामा

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाभाइरस (कोभिड—१९ं) विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री श्रेष्ठले बाढी÷पहिरोबाट विस्थापित समुहमा बस्दा जोखिम उच्च हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बताएका हुन् ।
यस्तै खोप आयातमा नेपाल चाडै सफलता हात पर्ने उनले बताए । आगामी वर्षभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने उनले जिकिर समेत गरे । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको तेस्रो लहरसँग जुध्नका लागि सरकारले पूर्वतयारी गरिरहेको समेत सुनाए । तेस्रो लहरसँग जुध्नका लागि ६०० आईसीयू बेड, १८० भेन्टिलेटर, अक्सिजन प्लान्ट थप्ने तयारी गरेको बताए । संक्रमित बालबालिकाका लागि २५० वटा आईसीयू बेड २ महिनाभित्र थप्ने समेत उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार