३० खेलयता अपराजित छ इटली, यस्तो थियो अन्य टिमको अपराजित यात्रा

पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग इटली १–० ले पराजित भएको थियो । त्यसयता रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको टोलीले कुनै खेल हारेको छैन । युरोकपमा समूह चरणका सबै खेल जितेर इटली अन्तिम १६ मा छनोट भएको छ । तीनवटा खेलमा ७ गोल गरेको इटलीले बदलामा कुनै गोल खाएन । युरोकपको समूह चरणमा इटली र इङल्यान्डमात्रै गोल नखाने टोली हुन् ।
इटली अहिले ३० खेलको अपराजित यात्रामा छ । उसले पछिल्ला ११ खेलदेखि कुनै गोल खाएको छैन । चार पटकको विश्वविजेता अहिले आफ्नै कीर्तिमान तोड्न संघारमा छ । अष्ट्रियाविरुद्ध युरोकपको अन्तिम १६ को खेल जित्न सके उसले १९३० को दशकमा कोरिएको आफ्नै कीर्तिमान भंग गर्नेछ । १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलसम्म अपराजित थियो । त्यतिबेला भिट्टोरियो पोज्जो इटलीका प्रशिक्षक थिए । यस अवधिमा इटलीले १९३८ को विश्वकप उपाधि र १९३६ को ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो ।
नयाँ रेकर्ड बनाउने तयारीमा इटलीका खेलाडीहरु जुटिरहेका छन् । तर सर्वाधिक धेरै खेलसम्म अपराजित रहने टोलीको सूचीमा इटली पहिलो भने होइन । यो सूचीमा ब्राजिल र स्पेन पहिलो नम्बरमा छन् । १९९३ देखि १९९६ सम्म ब्राजिल ३५ खेलमा अपराजित थियो । २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमै अपराजित थियो ।
त्यसैगरी, १९९१ देखि १९९३ सम्म ३१ खेलमा अर्जेन्टिना अपराजित थियो । १९३५ देखि १९३९ सम्म इटली ३० खेलमा अपराजित थियो भने अहिले टोली २०१८ यता ३० खेलमा अपराजित छ । १९९४ देखि १९९६ सम्म फ्रान्स पनि ३० खेलमा अपराजित थियो । २०१८ यता लामो समय अपराजित रहने इटली एक्लो होइन । यही समय अल्जेरीया पनि अपराजित अवस्थामा छ । अल्जेरीयाको अपराजित खेल संख्या २७ पुगिसकेको छ । १९७८ देखि १९८१ सम्म जर्मनी २३ खेलमा अपराजित थियो । त्यसैगरी २०१० देखि २०१२ सम्म फ्रान्स २३ खेलमा अपराजित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति भण्डारी चीनमा
-
नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
-
नुवाकोटमा ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा
-
गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा
-
१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
-
स्थानीय तहको गुनासो : खरिद ऐनका कारण ठेक्का व्यवस्थापनमा समस्या भयो