बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

निःसन्तान उपचारका लागि वात्सल्यले भित्र्यायो अत्याधुनिक हाइकोजी र स्पर्म डीएनए फेग्मेन्टेसन इन्डेक्स

शुक्रबार, ११ असार २०७८, १५ : ५७
शुक्रबार, ११ असार २०७८

नेपाल मै पहिलो पटक हाइकोजी/शुक्राणु डीएनए फेग्मेन्टेसन सुचकांक जस्ता अत्याधुनिक प्रविधि ल्याएर वात्सल्यले निःसन्तान उपचारमा नयाँ कोशेढुंगा तय गरेको छ । 

आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निःसन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभीएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा जोड दिएको बताएको छ । यसै क्रममा, हाइस्टेरो सल्फिङ्गो कन्ट्रास्ट सोनोग्राफी (हाइकोजी) र स्पर्म डीएनए फेग्मेन्टेसन इन्डेक्स जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ । यो प्रविधि नेपालमै पहिलो पटक भित्रिएको हो । स्पर्म डीएफआई विधिबाट डीएनएको स्तरमा कति क्षति पुगेको छ र छैन जाँच गर्न सकिने र सोही अनुसार उपचार गरी सफलता हासिल गर्न सकिने वात्सल्यले जनाएको छ । 

हाइकोजीको माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भ नलीको अवस्था थाहा पाउन सकिने Ectopic Pregnancy, endometrial polyps, submucosal fibroids, synechiae, hyrosalpinges अप्राकृतिक डिम्बाशय जस्ता अवस्था पत्ता लगाई उपचार गर्न सकिने भएको कारण निःसन्तान उपचार थप प्रभावकारी हुने प्रजनन विशेषज्ञ डा.​सुमी मुनाकर्मीले बताइन् ।

निःसन्तान उपचारका लागि आउने करिब २५÷३० महिलामा गर्भ नली सम्बन्धि समस्या हुने गर्दछ । ल्याप्रोरोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएको कारण यसलाई अन्तिम विकल्पको रुपमा नै प्रयोग गरिन्छ । गर्भ नली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय हिस्टेरोसल्पिन जोग्राफीको प्रयोग गरिन्थ्यो तर यसमा प्रयोग हुने एक्स–रेको नकारात्मक प्रभाव कम गर्न र छिटोछरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन विशेषज्ञले हाइकोजीको प्रयोग गर्नसक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै हाइकोजीको प्रयोग बढेको डा. मुनाकर्मीको भनाइ छ । 

हालका केहि अध्ययनले करिब ५०% बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ । यस्तो अवस्थामा पहिले देखि प्रयोग हुँदै आएको स्पर्म टेस्टले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनको कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको डा. मुनाकर्मीले बताइन् । यस असहजतालाई मेट्दै शुक्रकीटको डीएनएसम्मको सुक्ष्म अध्ययनबाट पुरुषको प्रजनन क्षमताको उचित जानकारी दिन र निषेचन योग्य र अयोग्य शुक्रकीट बीच स्पष्ट फरक छुट्याउन स्पर्म डीएफआईको प्रयोग हुन थालेको उनको भनाइ छ । 

डा. मुनाकर्मीका अनुसार यस विधिबाट शुक्रकीटको डीएनएमा कति क्षति पुगेको छ मापन गर्न सकिन्छ र सोही अनुरुप थोरै क्षति पुगेको भएमा आर्य यूआई, आईभीएफ र धेरै क्षति पुगेको भएमा आईसीएसआईको प्रयोग गर्न सल्लाह दिन सकिन्छ । यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ । यसबाहेक निषेचन को समस्या, भ्रूण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारण ले गर्भधारण नहुने समस्याको कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ ।

वात्सल्यले शुरुवात गरेका यी दुई आधुनिक जाँच विधि निःशन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिको को सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुने दावी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप