शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केकीले मागिन् माफी !

शुक्रबार, ११ असार २०७८, १३ : १३
शुक्रबार, ११ असार २०७८

अभिनेत्री केकीले माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा ‘अन्तरहृदयबाट क्षमाप्रार्थी छु’ शीर्षकमा एक पोष्ट लेख्दै माफी मागेकी हुन् । ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ’ उनले फेसबुकमा लेखेकी छन् ‘आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’

उनले थपिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तर हृदयबाट क्षमाप्रार्थी छु ।’ केही साता अगाडि बिपश्यानाबाट फर्किएकी केकीले किन र के कारण यो स्ट्याटस लेखिन् त्यो भने बताएकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप