करिश्माको प्रेम, विवाह र डिभोर्स
राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं १, दिल तो पागल है जस्ता हिट फिल्मकी अभिनेत्री करिश्मा कपुर आज शुक्रबारबाट ३६ वर्ष पुगेकी छन् । बलिउडको पहिलो परिवारसँग सम्बन्ध भएकी करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् ।
फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’बाट पहिचान बनाएकी हुन् । त्यसपछि उनले अभिनय गरेको जीत र कृष्णा हिट भएको थियो ।
अजय देवगनसँग सम्बन्ध
१९९१को फिल्म जीगरमा करिश्मा अजयदेवगन साथ देखिएका थिए । फिल्मपछि दुबै एक अर्काेसँग नजिक समेत भए । करिश्मा आगाडि अजय रवीना टन्डनसँग डेटमा रमाउँथे । करिश्मा आएपछि अजयले रवीना छोडे । तीन वर्षको सम्बन्धपछि अजयसँग करिस्माको ब्रेकअप भएको थियो ।
पिता रणधीरको इच्छा अक्षय खन्नासँग विवाह
अभिनयमा हिट रहेको समय करिश्माको बुबा रणधीर उनको विवाह नजिकका साथी विनोद खन्नाका छोरा अक्षय खन्नासँग गर्न चाहन्थे । तर करिश्माकी आमा बबिताले विवाहको बिरोध गरिन् । बबिता चाहन्थिन् करिश्मा फिल्ममा मात्र सिमित नहुन् । अक्षय खन्ना भने अहिले ४८ वर्षको उमेरसम्म पनि कुमारनै छन् ।
अभिषेकसँग प्रेम
करिश्मा र अभिषेक प्रेममा रहदा अभिषेकले बलिउड डेब्यु गरेका नै थिएनन् । दुबै अमिताभ बच्चकी छोरी श्वेताको विवाहमा नजिक भएका थिए । अभिषेकले करिश्माकी बहिनी करिनाको साथ रिफ्युजी फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । केही वर्षको सम्बन्धपछि अभिषेक र करिश्माले दुवै परिवारको सहमतिमा विवाहका लागि २००२ मा इन्गेजमेन्ट समेत गरेको खबर आएको थियो । तर दवबैको सम्बन्ध अगाडि सम्बन्ध बढ्न सकेन । जसको कारण अभिषेककी आमा जया थिइन् । उनले विवाहपछि आफ्नो बुहारीले अभिनयबाट बिदा लिनुपर्ने सर्त राखेकी थिइन् । यो सर्तमा करिश्मा र उनकी आमा बबिता राजी थिएनन् ।
विवाह र डिभोर्स
करिश्माले २००२ मा व्यवसायी सञ्जय कपुरसँग बिवाह गरेकी थिइन् । करिश्मा सञ्जयको दोस्री श्रीमती हुन् । विवाहपछि करिश्माका दुई सन्तान समायरा र कियान भए । श्रीमान्सँग उनले २०१० मा सम्बन्ध तोडिन् । सन् २०१६ मा दुबैको आधिकारिक सम्बन्धबिच्छेद भयो । सञ्जयले पैसा र अभिषेक बच्चनको याद भुलाउन आफुसँग विवाह गरेको आरोप करिश्मालाई लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चालक हटेपछि तत्काल सेयर किनबेच खुलाउनुपर्ने माग
-
विचाराधीन मुद्दाबारे न्यायाधीश फुयाँलले भने– हामी मिलाउने पक्षमा छौँ
-
रवि गोर्खा मिडियामा हुँदा १२३७ वटा चेक काटेर साढे ५९ करोड भुक्तानी, सूर्यदर्शनलाई तिरे ३१ लाख
-
१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
-
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने