विमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा
काठमाडौं । नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच विहान ११ :४५ बाट छलफल चलिरहेको छ ।
सोमबार निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । सोही साझा निधिले संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिने बताएका थिए ।
काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरु नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।
निधिले सुरुमा देउवासँग आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए । देउवा समर्थन नगर्ने अडान लिएपछि निधिले प्रकाशमान र शशांकसँग आन्तरिक छलफल अगाडि बढाएको पाइन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षीय नेताको बैठक बताएका छन् ।
पौडेल पक्षीय बैठकअघि विमलेन्द्र, शशांक र प्रकाशमानबीच छलफल भएको छ । पौडेल पनि आफै सभापतिमा उठ्ने तयारीका देखिन्छन् । तर पौडेल समूहमा दोस्रो पुस्ता अगाडि सर्नुपर्ने मत बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



