शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा

शुक्रबार, ११ असार २०७८, १३ : ५०
शुक्रबार, ११ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच विहान ११ :४५ बाट छलफल चलिरहेको छ ।

सोमबार निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । सोही साझा निधिले संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिने बताएका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरु नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।

निधिले सुरुमा देउवासँग आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए । देउवा समर्थन नगर्ने अडान लिएपछि निधिले प्रकाशमान र शशांकसँग आन्तरिक छलफल अगाडि बढाएको पाइन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षीय नेताको बैठक बताएका छन् ।

पौडेल पक्षीय बैठकअघि विमलेन्द्र, शशांक र प्रकाशमानबीच छलफल भएको छ । पौडेल पनि आफै सभापतिमा उठ्ने तयारीका देखिन्छन् । तर पौडेल समूहमा दोस्रो पुस्ता अगाडि सर्नुपर्ने मत बलियो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप