नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार
शुक्रबार, ११ असार २०७८, १२ : ०५
बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हाम फालेर आत्महत्या गर्न लागेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ । बिहीबार दिउँसो ४ः३० बजे भादा नदिमा महिलाले हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ४० वर्षीया जलदैया थारुलाई सकुशल उद्दार गरेको हो ।
प्रहरीले बग्दै गरेको अवस्थामा उनको सकुशल उद्दार बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
थारु भारतको बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ । उनलाई उपचारपछि श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?