शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवन विकासको आईपीओ बिक्री खुल्यो, कतिले पाउँछन् यो आईपीओ ?

शुक्रबार, ११ असार २०७८, १० : ५९
शुक्रबार, ११ असार २०७८

जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला भएको छ । यस लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ ।

जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५ प्रतिशत अर्थात् ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आईपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । त्यस समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । यसमा एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम गरेको   छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा १ लाख ८४ हजार ८ सय १ जना लगानीकर्ताले मात्र यो आईपीओ हात पार्ने देखिन्छ । कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप