बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले उठाए २२ लाख

शुक्रबार, ११ असार २०७८, ०९ : ४५
शुक्रबार, ११ असार २०७८

काठमाडाैं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले २२ लाख जम्मा गरेका छन् । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’मा कलाकारहरुबाटै उक्त रकम जम्मा भएको हो ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच कोष स्थापनाको  औपचारिक घोषणा गरिएको थियो । कलाकर्मीहरुद्वारा सञ्चालित उक्त कोष स्थापनकै दिन करिव २२ लाख रुपैयाँ कलाकारबाट जम्मा भएको अभिनेता तथा कोषका कोषाध्यक्ष जीतु नेपालले जानकारी दिए ।

‘सिन्धुपाल्चोक जिल्ला मेलम्ची, हेलम्बु,पाँचपोखरी र ईन्द्रावती मा पर्न गएको प्राकृतिक प्रकोपमा (कलाकर्मीद्वारा संचालित सिन्धु सहयोग कोष) स्थापना गरि आजै कोषमा लगभग २२ लाख हामीबाटै संकलन भएको छ’ नेपालले सामाजिक संजालमा लेखेका छन् ‘ दीर्घकालिन सोचका साथ सम्पुर्ण कलाकर्मीहरुको एकता भएको हो । हामी मेलम्चीको पानी खानेहरूले सिन्धुलाई मलम लगाउने प्रयास गरिरहेका छौ’ नेपालले कोषमा स्वतस्फूर्त सहयोगका लागि सबैमा अपील समेत गरेका छन् ।

कोषका संयोजकमा अभिनेता कृष्ण मल्ल रहेका छन् भने  सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् । कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमाझ अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका छन् ।

कार्यक्रममा कोषका लागि करिश्मा मानन्धरले एक लाख, नेपाल फिल्म सोसाइटीका तर्फबाट कृष्ण मल्लले एक लाख एक हजार, कृष्ण ढुंगानाले ५० हजार ५ सय ५५ रुपैयाँ, जीतु नेपालले ५१ हजार, संगीतकार चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले २५ हजार, नेपाल चलचित्र निर्देशक समाजका तर्फबाट महासचिव जनक दीप पराजुलीले एक लाख एक हजार, किरण केसी तथा राज केसी ग्रुपबाट २ लाख ५३ हजार, सुभाष खड्काबाट एक लाख, अभिनेता भुवन केसीले एक लाख दिएका छन् । 

त्यस्तै कलाकार सुरेन्द्र केसीबाट २५ हजार, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका नारायण प्रधानबाट २५ हजार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक लाख एक हजार, शिवहरि नेपाल बैरागीले २५ हजार ५ सय २५, इन्द्र दोङ ‘खम्बे’ले ७५ हजार, मदन दास श्रेष्ठले ५१ हजार तथा घर निर्माणका लागि ५ लाख ‘राष्ट्रिय जेष्ठ नागरिक महासंघ’, शोभित उप्रेतीले २ लाख ५१ हजार, चलचित्रकर्मी मदनकुमार श्रेष्ठले ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ हजार, गायिका सुनिता दुलालले ५१ हजार ५ सय ५५ तथा समाजसेवी अनु उर्मिला शेले १० हजार रुपैयाँ कोषलाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप