लुम्बिनी प्रदेशमा आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि
बुटवल । लुम्बिनी प्रदेश सरकारले आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक बर्ष भन्दा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत बृद्धिसँगै बजेटको आकार पनि बृद्धि गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित पत्रकार भेटघाटका कार्यक्रम मन्त्री बैजनाथ चौधरीले बताए । प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी धरै रहेको छ । उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शिक्षा लगायतमा बजेटले मुख्य प्राथमिकताका साथ राखेको बताए ।
कोराना नियन्त्रणसँगै आर्थिक क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै विभिन्न उद्योग व्यवसायलाई चलायमान बनाउने गरी बजेट ल्याएको छ । मन्त्री चौधरीले बजेटको आकार, बजेटका प्राथमिकता र आम्दानीको स्रोतको बारेमा बताउँदै उनले बजेट सुनिश्चित हुने दाबी गरेका हुन् ।
उनले कोरोनाको उपचारलाई प्रभावकारी बनाउनको लागि, ठेक्का लागेका सडकहरू सम्पन्न गर्नको लागि, निर्माणाधीन पुलहरू सम्पन्न गर्नको लागि, खानेपानी, कृषि एवम् प्रदेश सरकारको स्थायी राजधानी निर्माणलगायतका कारणले बजेटको आकार बढेको बताए ।
स्रोतहरु पनि बढेको र बजेट पूर्ण रुपमा खर्च हुने उनले दाबी उनको गरेका छन् । प्रदेशमा सवारी साधन कर बापतको राजश्व, घरजग्गा रजिष्ट्रेशन शुल्क, वन क्षेत्रका दाउराको लिलामीबाट, वन क्षेत्रमा पर्ने नदीजन्य पदार्थबाट आउने राजश्व, पालिका जोड्ने कार्यक्रममा संघबाट आउने रकम, समपूरक अनुदानमा पाउने रकम, मनोरञ्जन र विज्ञापन करबापतको राजश्व रकम आउने छ ।
उनले प्रदेश बजेटमा प्रदेश सांसद लक्षित गरि डेढ अर्ब बजेछ छुटाएको छ । निति तथा कार्यक्रम नराखी छुटाएमा उक्त बजेट आलोचना समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता