
काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।
द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले द्रुतमार्गको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र हाइब्रिज निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिए ।
सेनाको समन्वयमा चीनको ग्वान्जाओबाट चार्टर्ड उडानमार्फत सो विशेषज्ञ टोली काठमाडौँ आइपुगेको हो । उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ पस्थान गर्नेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ