शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा साइकल दुर्घटनामा एक नेपालीको मृत्यु

शुक्रबार, ११ असार २०७८, ०६ : ४६
शुक्रबार, ११ असार २०७८

बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए । 

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले  जानकारी दिए । 

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । 

त्यसपछि साइकल चलाउन छाडेका गौतमले केहि दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए । 

उनी सेफको रुपमा कार्यरत थिए । गौतम बेलायतमा  श्रीमतीसंगै बस्दै आएका थिए ।  

नेपाली समाज नटिङघमका आजीवन सदस्य समेत रहेका बद्रीको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप