सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि

शुक्रबार, ११ असार २०७८, ०५ : ५६
शुक्रबार, ११ असार २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप