अन्तरिक्ष स्टेशनमा रहेका यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी, के-के भने ? (हेर्नुहोस् भिडियो)
चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ । बुधवार चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका तीन यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो । अन्तरिक्ष यात्रीहरूले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग कुराकानी समेत गरेका छन् ।
ग्लोबल टाइम्स र साउथ चाइना मर्निङ पोष्टका अनुसार ५ मिनेटको कुराकानीमा राष्ट्रपति सीले अन्तरिक्ष यात्रीहरूलाई हौसला दिँदै धन्यवाद व्यक्त गरेका छन् । सीले अन्तरिक्ष यात्रीहरूलाई भने, ‘तपाईंहरुले तीन महिना अन्तरिक्षमा बिताउनुहुनेछ र तपाईहरुले त्यहाँ गरिरहनुभएको काम र तपाईंहरुको जीवन चिनियाँहरूको ह्रदयमा हुनेछ ।’ उनले थप भने, ‘तपाईंले ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ, जसले नयाँ युगमा चिनियाँ अन्तरिक्ष उद्योगको उन्नती गर्न चाहान्छन् । मलाई आशा छ कि तपाईंहरु सँगै मिलेर काम गर्नुहुनेछ र अन्तरिक्षमा तपाईंका सबै कामहरु पूर्ण हुनेछन् ।’
राष्ट्रपति सीले अन्तरिक्षमा स्पेश स्टेशन निर्माण गर्नु चीनको अन्तरिक्ष उद्योगका लागि माइलस्टोन साबित हुने बताए । उनले यो यात्राले मानवताका लागि शान्तिको सन्देश दिन सहयोग गर्ने समेत बताए । भिडियोमा तीनैजना अन्तरिक्ष यात्रीहरु खानाको डिब्बासँगै सुतिरहेको देख्न सकिन्थ्यो । यो भिडियो चीनले निर्माण गरेको नयाँ तेयान्हे स्पेश स्टेशनको हो, जहाँ तीन यात्रीहरूका २४ घण्टाका गतिविधि नियाल्न सकिन्छ । त्यहाँ उनीहरु अब तीन महिनासम्म रहनेछन् । तीन महिनासम्म उनीहरुले पृथ्वीमा रहेको स्टेशनमा दैनिक अपडेट गर्नेछन् । उनीहरुको काम बिहान आठ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ । चीनले पछिल्लो पाँच वर्षयता सुरु गरेको यो पहिलो मानवसहितको अन्तरिक्ष अभियान हो । जुन मिसन अहिलसम्मकै सबैभन्दा लामो अन्तरिक्ष मिसन हुने विश्वास लिइएको छ ।
अन्तरिक्ष यात्रीहरूसँग कुरा गर्नुअघि राष्ट्रपति सीले अन्तरिक्ष स्टेशनको कोर मोड्युल, शेन्झो १२ अन्तरिक्ष उडान र कक्षमा काम गर्दाका भिडियो लिंकहरुमार्फत अन्तरिक्ष यात्रीहरुका काम कार्वाही अवलोकन गरेका थिए । चीनले जुन १७ मा तीन अन्तरिक्ष यात्रीहरूलाई सेन्झोह १२ अन्तरिक्ष उडानमार्फत स्टेशनमा पठाएको थियो । ( हेर्नुहोस् भिडियो)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई