बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर उपमहानगरले ल्यायो  ३ अर्ब ३९ करोडको बजेट

बिहीबार, १० असार २०७८, २३ : २६
बिहीबार, १० असार २०७८

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रूपैँया बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८–०७९ को अनुमानित ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा आन्तरिक स्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७  ९६ ख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाख आय हुने अनुमान गरिएको छ ।

जसमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट बिनियोजन गरिएको छ । उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप