आठबीसमा पहिरोको जोखिम : ३७ घरपरिवार आफन्तका शरणमा
आठवीस नगरपालिकाको वडा नं ९ का ३७ घर परिवार चार दिनदेखि आफन्तका घरमा र खुल्ला स्थानमा बस्न बाध्य छन् । वडाका ५० घरमध्ये ३७ घरपरिवारका २५० बढी मानिस पहिरोको जोखिममा परेपछि आफन्तको शरणमा बस्न बाध्य भएका हुन् ।
भिरालो जमीनको तल पट्टी बस्ती भएको र घरमाथिको पहाडको केही भागमा पहिरो खस्न थालेपछि बस्ती सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बस्तीका २५० भन्दा बढी नागरिकलाई कसैलाई आफन्तकोमा राखिएको छ भने कसैलाई अन्य विभिन्न खुल्ला स्थानमा राखिएको श्रेष्ठ बताए ।
दैलेखमा दुई दिनदेखि वर्षा कम भएको छ । स्थानीय सरकार, जिल्ला प्रहरी र अन्य निकायबाट पुनः बस्तीको अनुगमन गरेर जोखिम कम भएपछि मात्र पुनः आफ्नो घरमा फर्काउने तयारी गरिएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । पहिरोको जोखिमसँगै आफन्तकोमा बसेका समुदायलाई राहत तथा उद्धारका काम पालिकाबाट भइरहेको र वडा अध्यक्षलाई जनताका समस्या समाधानका लागि नगरपालिकाले गर्नुपर्ने कर्तव्यबारे विवरण माग गरिएको उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास
-
पाकिस्तानलाई हराएपछि उत्साही नेपालले बलियो भारतलाई दियो ९५ रनको लक्ष्य
-
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव
-
माओवादीको एकता समायोजनसम्बन्धी निर्णयले संगठन थप भद्रगोल हुने खतरा