शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी छाडेर आएकालाई समावेश गर्दै एमाले प्रदेश नम्बर २ को जिल्ला कमिटी पुनर्गठन (को कहाँ ?)

बिहीबार, १० असार २०७८, २२ : ०५
बिहीबार, १० असार २०७८

निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले माओवादी छाडेर आएकालाई समावेश गरी प्रदेश नम्बर २ को विभिन्न जिल्ला कमिटीको पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा एमाले प्रदेश नम्बर २ कमिटीले प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको हो ।

ओली समुहको बिहिबार जनकपुरधाममा ज्वाला कुमारी साहको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर २ को ५ वटा जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । एमाले ( ओली समुह) को प्रदेश अध्यक्ष ज्वाला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार सप्तरी जिल्ला अध्यक्षमा ताराकान्त चौधरी र सचिवमा देवनाथ यादव, सिरहामा चन्देश्वर मण्डल र सचिवमा नविन यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव राकेश र सचिवमा तेजनारायण यादव,  महोत्तरी अध्यक्षमा टेकबहादुर बलम्पाकी र सचिवमा सौखिलाल यादव तथा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्तालाई मनोनयन गरिएको छ ।

यता सर्लाही, रौतहट र बारामा भने मनोनयन गरिएको छैन । सर्लाहीको अध्यक्षमा रेवती पन्थ, बारामा मोहम्म समिर र रौतहटको अध्यक्षमा अमर साहलाई यस अघि मनोनयन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप