पाल्पामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
बिहीबार, १० असार २०७८, २० : ०५
पाल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको सो दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बस्ने सोही स्थानका ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका हुन् । दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा दिउँसो ३ बजेर ३७ मिनेट जाँदा डाँगीको मृत्यु भएको पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाइते चौधरीको भने अवस्था सामान्य रहेको बताइएको छ । उनीहरु दुवैजना झुम्सा चौकी भञ्ज्याङमा सडक निर्माणको कामका लागि बर्दियाबाट पाल्पा आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?
-
डीभीको नतिजा आज, यसरी हेर्नुहोस्