किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
पोखराबाट जबरजस्ती करणी कसुरमा एक ब्यक्ति पक्राउ परेका छन् । भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो । शर्माले १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहर कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
अभियुक्तले किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा बनाएको भिडियो सहितका फोटोहरु किशोरीकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा शर्मालाई बुधबार पोखराको चाउथेबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्तिश्री परियारले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर