बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बिर्तामोडमा कडा सुरक्षा घेराबीच बजेट प्रस्तुत

बिहीबार, १० असार २०७८, १८ : २३
बिहीबार, १० असार २०७८

झापाको बिर्तामोड नगरपालिकाले कडा सुरक्षा घेराभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ठेक्का विवादका कारण युवाहरुको समूहले नगरसभामा अवरोध गर्ने चेतावनी दिएपछि नगरपालिकामा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी तैनाथ गरिएको थियो । 

नगरपालिकाले अपारदर्शी ढंगबाट लगाएको ठेक्का सम्झौता खारेज गर्नुपर्ने माग राख्दै युवाहरुको समुह नगरपालिका हाता भित्र प्रवेश गर्न खोजे पछि प्रहरीले अवरोध गरेको थियो । युवाहरुको समूह र प्रहरीबीच नगरपालिकाको गेटमा केहीबेर तनाब भएको थियो । दर्जनौँको संख्यामा उपस्थित सुरक्षाकर्मीले जनप्रतिनिधि, कर्मचारी र पत्रकारलाई मात्र प्रवेश गर्न दिएका थिए । युवाहरुका प्रतिनिधि र नगरपालिका बीच भएको छलफलमा नगर उपप्रमुखको संयोजकत्वमा युवाहरुको समेत प्रतिनिधि संलग्न छानबिन समिति बनाएर छानबिन गर्ने र प्रक्रिया सङ्गत नभए ठेक्का सम्झौता खारेज गर्ने सहमति भए पश्चात एकघण्टा ढिलो गरि सभा सुरु भएको थियो । 

सातौँ नगरसभामा नगर उपप्रमुख पवित्रादेवी महतरा प्रसाईले आगामी आर्थिक बर्ष ०७८–८९ का लागि १ अर्ब ३० करोड ७७ लाख ९५ हजार ५ सयको बजेट प्रस्तुत गरिन् । बजेटमा पूर्वाधार विकासमा ५६ करोड १४ लाख ५० हजार, आर्थिक विकासमा २८ करोड २७ लाख, समाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५००, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिक चालू खर्च समेत) मा ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप