४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)
सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोकेकी छिन् ।
पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् ।
यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेका उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण