सेयर बजारमा प्रि ओपन सेसनको सेयर मूल्य अत्यधिक उतारचढाव गर्न नपाइने, बार्डले लगायो सीमा
बिहीबार, १० असार २०७८, १५ : ५२
नेपाल धितोपत्र बोर्डले प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा घटाएको छ । बोर्डले ५ प्रतिशत मूल्य परिवर्त सीमा घटाएर २ प्रतिशतमा झारेको हो । प्रिओपन सेसनको कारोबारमा सेयर मूल्य अत्यधिक उतारचढाव भएपछि बोर्डले सीमा घटाएको हो ।
अबदेखि प्रि ओपन सेसनमा २ प्रतिशत तलमाथि भएर मात्र खरिदबिक्री आदेश राख्न पाइनेछ । यस्तै, धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ । हाल १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाएको हो । बोर्डले धितोपत्र कारोबार विनियमावली २०७५ को दोेस्रो संशोधन स्वीकृत गरी यी व्यवस्थाहरु ल्याएको हो ।