शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीच अन्तरक्रिया (तस्बिरमा हेर्नुस्)

बिहीबार, १० असार २०७८, १४ : ४५
बिहीबार, १० असार २०७८

विकसित राजनीतिक घटनाक्रमका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेता र विभिन्न मिडियाका सम्पादकहरू बीचको अन्तरक्रिया भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा नेता र सम्पादकहरू बीचको केही समय अघिबाट अन्तरक्रिया सुरु भएको हो ।

अन्तरक्रियामा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् । 

अन्तरक्रियामा सुरुमा नेताहरुले आफ्नो धारणा राख्ने र त्यसपछि प्रश्नोत्तरका लागि समय छुट्याइएको छ । एकजना नेतालाई १० मिनेटको समय छुट्याएको उक्त कार्यक्रमको सञ्चालन काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । सम्पादकहरूसँगको अन्तरक्रियापछि नेताहरुले बिहीबारै विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । 

बुधबार साँझ देउवा निवासमा बसेका गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप