शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीचको अन्तरक्रिया शुरु

बिहीबार, १० असार २०७८, ०७ : ००
बिहीबार, १० असार २०७८

विपक्षी गठबन्धनका शीर्ष नेताहरु र विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो । छलफल कार्यक्रममा विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको सहभागिता रहेको छ ।

कार्यक्रम काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेका छन् । सुरुमा नेताहरुले सम्बोधन गर्नेछन् भने त्यसपछि फ्लोर ओपन हुने जनाइएको छ । नेतालाई सम्बोधनका लागि १० मिनेटको समय छुट्टयाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप