फेरि सुरु हुँदै चर्चित सिरियल ‘जुठे’
![फेरि सुरु हुँदै चर्चित सिरियल ‘जुठे’](https://rpcdn.ratopati.com/media/albums/176518959_3835127733249518_5340523158417237317_n_5nOmbLFzn5_4RR6qHVVVi.jpg)
टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलले १६ असारबाट फेरि निरन्तरता पाउने निर्देशक तथा कलाकार राजु पौडेलले बताए । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण केही सातादेखि बन्द सिरियल अहिले फेरि सुरु हुन लागेको निर्देशक पौडेलले सामाजिक सञ्जालबाट समेत जानकारी गराएका छन् ।
‘हाम्रो कार्यक्रम जुठे माथि दलित दलित समुदायबाट विभिन्न टिका टिप्पणी तथा गुनासोहरू उठेपछि उक्त कुरालाई मध्यनजर राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मासँगै अन्य माननीय र सचिव ज्युहरुसँग जुठेको विषयमा छलफल गरियो ।
छलफल निकै सकारात्मक रह्यो अब आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे–मान्छे बीचको विभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बनोस् भन्ने उहाँहरुको चाहना र उक्त चाहान पुरा गर्ने हाम्रो प्रतिबद्धता रहेको छ’ पौडेलले फेसबुकमा लेखेका छन्– ‘छलफलकै क्रममा अध्यक्षज्युले भन्नु भो हजुरहरुले ६५ लाख दलितहरुको आवज बोकेर हिन्नुभएको छ । यसलाई हामी सम्मान गर्नेछौं र आउँदो दिनहरुमा अहिले भएका कमी कमजोरीलाई सुधार्दै समाज रुपान्तरणमा दलित समुदायले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । सल्लाह, सुझावको लागि राष्ट्रिय दलित आयोगप्रति हामी निकै आभारी छौँ ।’
जुठेको कथा भर्खर सुरु भएको ती जुठे, चाउरे पात्रहरूले समाज रूपान्तरणमा बिस्तारै अहम भूमिका खेल्ने समेत बताएका पौडेल अगाडि थप्छन्– ‘आजसम्मका भागहरुमा प्रस्तुत गरिएको केहि दृश्यहरुले दलित समुदायमा पर्न गएको असरप्रति हामी क्षमाप्राथी छौँ ।’
राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धु्रर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।
योगेश काजीको संगीत रहेको श्रृंखलामा राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी