आफ्नै कोठामा श्रीमतीका साथ परपुरुष फेला परेपछि...

केहीदिन अघि कपिलवस्तुको एक पोखरीमा डुबेको अवस्थामा शव फेला परेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिका–८, बलौहवास्थित आठ नम्बरी गड्डा (सरकारी जमिन) को पोखरीमा असार ७ गते बिहान साढे ६ बजे सोही स्थानका १८ वर्षीय विजयबहादुर कुर्मी मृत फेला परेका थिए ।
लगत्तै घटनाबारे अनुसन्धानमा जुटेको प्रहरीले कुर्मीको मृत्यु स्वाभाविक नभई हत्या नै भएको आशंकाका आधारमा घटनाको विभिन्न कोण पत्ता लगाउने प्रयास गरेको थियो । सोही क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी धर्मराज भण्डारीका अनुसार कुर्मीलाई असार ४ गते बिहान अन्दाजी ३ बजे उनकै छिमेकी ३२ वर्षीय रमेश काहार, २३ वर्षीय भाइ अनिल काहार र उनकी २२ वर्षीष श्रीमती बास्मती काहारले हत्या गरेर पोखरीमा फालेको तथ्य प्रकाशमा आएको छ ।
अनैतिक सम्बन्ध नै हत्याको मुख्य जड
बास्मती र विजय कुर्मीबीच केही महिना यता अवैध सम्वन्ध रहँदै आएको अनुसन्धानका क्रममा प्रकाशमा आएको डिएसपी भण्डारीले बताए । आफ्नी श्रीमतीसँग अनैतिक सम्वन्ध रहेको थाहा पाएपछि एक महिना अघि नै अनिलले कुर्मीलाई कुटपिट गरेका थिए । यसका बाबजुद बास्मती र विजयबीच अनैतिक सम्वन्ध जारी रहेपछि काहार दाजुभाइ मिलेर विजयको हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार असार ३ गते अनिल छिमेकीको विवाहमा गएका थिए । उनी घर आउँदैनन् भन्नेमा ढुक्क रहेर सो रात बास्मती र विजय बास्मतीकै घरको कोठामा सँगै बसेका थिए । तर राति अचानक अनिल आइपुगेपछि आफ्नी पत्नी र परपुरुषलाई रङ्गेहात आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
‘त्यसपछि अनिलका दाजु, उनकी श्रीमती समेतको संलग्नतामा विजयलाई सोही कोठामा मृतक कै घाँटीमा रहेको मालाले घाँटी कस्दै र कुटपिट गरी हत्या गरेपश्चात् घटना दबाउनका लागि पोखरीमा लगेर फालेको खुल्न आएको छ,’ डिएसपी भण्डारीले भने ।
प्रहरीले हत्यामा संलग्न तीनै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ