ad
x

नीतिकथा : लोभी भमरोे

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0


निकै पहिलेको कुरा हो । एउटा गाउँको छेउमा भमरोे र पुतली बस्थे । उनीहरू साथी थिए । एकआपसमा गहिरो दोस्ती थियो । दुवै आपसमा दुःखसुखको कुरा गर्थे । सल्लाह गरेर चर्न जान्थे, बगैँचामा घुम्थे, फूलको रस चुस्थे । मीठा मीठा कुरा गर्थे । नाच्थे, खेल्थे । दिन बित्दै गयो । बालबच्चा बढ्दै गए । त्यहाँको खानाले पुग्न छाड्यो ।


त्यसपछि एक दिन भमरोेले उदास हुँदै भन्यो–



‘मित्र ! जीवन धान्न गाह्रोपर्ला जस्तो छ के गर्ने होला ?’



‘ठीकै भन्यौ मित्र ! मलाई पनि त्यस्तै लाग्दैछ ।’ पुतलीले सहमति जनायो ।



‘के गर्ने होला त खोइ ?’ भमरोेले दिक्दारी पोख्यो ।



‘कतै चरन खोज्न जाने पो हो कि ?’ पुतलीले जिज्ञासा ग¥यो ।



‘हुन्छ भोलि नै त्यतातिर लागौँ ।’ भमरोेले निस्कर्ष निकाल्यो ।



त्यसपछि उनीहरू चरन खोज्न भनेर परदेशतिर हिँडे । निकै पर पुगेपछि एउटा गाउँको छेउमा तलाउ देखे । तलाउ ठूलो थियो । छेउछाउमा कमलको फूलहरू प्रशस्तै देखिए । फूल राम्रा पनि थिए, रसिला पनि त्यत्तिकै । यसबाट उनीहरू निकै खुसी भए । 



कहिल्यै घरगाउँ नछाडेकाले उनीहरूका निम्ति ठूलै आश्चर्यको कुरा थियो त्यो । परदेशमा त यति सुन्दर स्थान र खाने चीज पनि हुँदो रहेछ वाइ भन्दै पुतली रस चाखेर आउँछु भनेर हिँड्यो । फूलहरू देख्नमा जति सुन्दर थिए मीठो पनि त्यत्तिकै पाएपछि पुतलीले भमरोेलाई बोलायो ।

आफूले सोचेभन्दा बढी मीठो र धेरै रस पाएपछि उनीहरू निकै खुसी भए र आपसमा मीठा मीठा गफ गर्दै रस चुस्न थाले । रस पनि यति चुसेकि चुस्दाचुस्तै समय कति बित्यो पत्तै पाएनन् । दिन ढल्नै लागेपछि पुतली झस्क्यो र घामतिर हेर्दैै भन्यो–

‘मित्र ! घाम अस्ताउने बेला हुनै लागेछ । अब घरतिर लाग्नुपर्छ होला । बिहानै हिँडेको परिवार बाटो हेर्दै होलान् । निकै टाडा आएका छौँ । बेर गर्दा बाटोमै अध्यारो हुन्छ ।’

‘पख न मित्र के हतार छ र ?’ पुतलीको कुरालाई हल्कारूपमा लिँदै भमरोेले भन्यो–

‘बेकारमा किन हतार गछौँ ? आफ्नै घर त हो जति बेला गए पनि के फरक पर्छ  । घाम अस्ताउन लागेको त हो, अस्ताइहालेको छ छैन नि । बल्लबल्ल धेरै दिनपद्धि यति मीठो रस त्यो पनि पेटभरी चुस्न पाइएको छ । परिवारको पनि कोही चिन्ता गर्छन् । आखिर आफ्नै घरमा नै त बसेका छन् । बेलुका सम्झाउँला । कुरो सुनेर उनीहरू पनि खुसी हुनेछन् । बरु भोलि उनीहरूलाई पनि लिएर आउनुपर्छ ।’

कुरा गर्दागर्दै घाम अस्ताउनै लाग्यो तर भमरोेले जिद्दी छाडेन । पुतली जाउँ भन्थ्यो, भमरोे अरु केही समय पख भन्थ्यो । अन्त्यमा केही नलागेपछि पुतलीले रिसाउँदै भन्यो–

‘तिमी जे मन लाग्छ त्यही गर म त हिँडे ।’

तर भमरोेले कुनै उत्तर दिएन । सुन्यानसुन्यै गरी रसमै भुलिरह्यो, जसले गर्दा कति बेला साँझ प¥यो पत्तै पाएन ।

साँझ परेपछि कमलको फूल बन्द भयो । बाहिर निस्कन पाएन । त्यसपछि एउटा मनले भन्यो–

‘मित्र पुतलीको कुरा नसुनेर गल्ती गरिएछ क्या हो ।’

फेरि तत्कालै अर्को मनले भन्यो–

‘आऽऽ जे सुकै होस् । दिनमात्र सकिएको न हो । जीवन सकिएको त छैन नि । केको चिन्ता । रात बित्नेछ, उज्यालो हुनेछ । सूर्य उदाउने छन् । त्यसपछि यो नाथे कमललाई पुन ः फुल्न कर लागिहाल्छ नि । अँ बरु त्यसपछि भने सखारै जानुपर्ला । नत्र जहान छरछरीलाई लिएर आउन भ्याइन्न ।’

यस्तैयस्तै सोच्दै रात बितायो । बिहान उज्यालो हुनै लागेको थियो एउटा मत्ता हात्ती आएर कमलको फूललाई जरैदेखि उखेर तलाउमा फालिदियो ।

भोलिपल्ट उज्यालो भयो । सूर्य पनि उदाए तर लोभी भमरोेका लागि कहिल्यै उज्यालो भएन । अनावश्यक लोभ गर्दा बेकारमा ज्यान गयो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।