बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटन मुद्दा : रिट निवेदकका तर्फबाट शुक्रबारसम्म बहस सक्ने तयारी

देउवाको तर्फबाट २ सय ६९ बढीको वकालतनामा
बिहीबार, १० असार २०७८, १० : ०४
बिहीबार, १० असार २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरे । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले ४ घण्टा बहस गरेका छन् । 

बुधवार गोविन्द शर्मा बन्दीले ४० मिनेट बहस गरे । अधिवक्ता खातीले २० मिनेट, बरिष्ठ अधिवक्ता महादेव यादवले आधा घण्टा, बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १ घण्टा र शम्भु थापाले १ घण्टा ३० मिनेट बहस गरे । 

रिट निवेदकका लागि संवैधानिक इजलासले सुरुवाती बहसका लागी १२ घण्टाको समय दिएको छ । 

सरकार पक्षको बहस सकिएपछि निवेदक पक्षले पुन ः थप ३ घण्टा प्रत्युत्तर लगाउन पाउने गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले समय तोकेको छ । 

अब, रिट निवेदक तर्फका कानुन व्यवसायीले ८ घण्टा सुरुवाती बहस गर्न पाउनेछन् । शुक्रबार सम्ममा बहस सक्नेगरी तयारी गरिएको अधिवक्ता गोविन्द शर्मा बन्दीले रातोपाटीलाई बताए । 


बिहिबार बरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेर बहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दैछन् । शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्नेछन् । 

देउवाको तर्फबाट २ सय ६९ जना कानुन व्यवसायीले वकालत नाम बुझाएका छन् । वकालतनामा सँगै कानुन ब्यवसायीलाई बहस नोटमा पनि हस्ताक्षर गराइएको छ । वकालतनामा बुझाएका कानुन ब्यवसायी मध्येबाट इजलासले दिएको समयसिमा भित्र छानिएका कानुन व्यवसायीले बहस गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप