एकै खेलमा तीन पेनाल्टी, पोर्चुगल र फ्रान्स बराबरीमा
तीन पेनाल्टी दिइएको एकै खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जामाले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । र, उनले दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सलाई अग्रता दिलाए ।
६० मिनेटमा पोर्चुगलले फेरि पेनाल्टी पायो, यसैलाई गेलमा परिणत गर्दै रोनाल्डोले खेल बराबरी गरे । प्रतियोगिताअन्तर्गत समूह एफकै अर्को खेलमा हंगेरीले जर्मनीसँग उसैको घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्यो ।
दुईपटक अग्रता लिएर पनि त्यसलाई रक्षा गर्न नसक्दा हंगेरी पहिलो चरणबाटै बाहिरिएको हो । हंगेरीलाई ११ औं मिनेटमा एडम स्जलाईले अग्रता दिलाएका थिए । तर, ६६ मिनेटमा काई हाभर्टजले जर्मनीलाई बराबरीमा फर्काए । त्यसको दुई मिनेट लगत्तै आन्द्रेस सेफरले हंगेरीलाई फेरि अघि बढाए ।
तर, खेल सकिनु ६ मिनेटअघि लिओन गोरेत्ज्काले जर्मनीका लागि महत्वपूर्ण बराबरी गरे । यस बराबरीसँग जर्मनी समूहको उपविजेताका रुपमा दोस्रो चरणमा छनोट भयो ।
अन्तिम खेलअघि नै दोस्रो चरणमा छनोट भइसकेको फ्रान्स पोर्चुगलसँगको बराबरीपछि समूह विजेता बन्यो । त्यस्तै, पोर्चुगल समूहमा तेस्रो भएर दोस्रो चरणमा छनोट भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
-
नयाँ भर्सनमा ‘जाउँ साइँली बेनी बजार’
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान
-
बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य