बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि
लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो ।
बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार २७ पुगेको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रका अनुसार भने एक लाख ५३ हजार भन्दा बढीको मृत्यु भएको राष्ट्रिय तथ्यांकको कार्यालयले उल्लेख गरेको छ ।
बेलायतमा ७ करोड ५१ लाख भन्दा बढी खोप वितरण
बेलायतमा ७ करोड ५१ लाख ८८ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २२ सम्मको तथ्यांक अनुसार यहाँ ६० दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८२ दशमलव ५ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ५१ लाख ८८ हजार ७९५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ३४ लाख ४८ हजार ६८० जनाले पहिलो र तीन करोड १७ लाख ४० हजार ११५ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप
-
डन–३ को सुटिङ लोकेसन हेर्न लन्डन पुगे फरहान अख्तर, अगष्टपछि छायाङ्कन सुरु हुने
-
फ्राईडे रिलिज : देशभर ‘मनसरा’
-
युरोपा लिग फुटबल : बायर लेभसकुसेनले रोमालाई उसैको मैदानमा हरायो
-
लोकसभा निर्वाचन : राहुल गान्धी रायबरेलीबाट र केएल शर्मा अमेठीबाट चुनाव लड्ने