नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्
कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।
खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् ।
ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने/नआउने अन्योल छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग