शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समूह ई बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा, स्पेन उपविजेतामा सिमित

बिहीबार, १० असार २०७८, ०० : ०१
बिहीबार, १० असार २०७८

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।

उता, उपाधिको दाबेदार मानिएको स्पेनले स्लोभाकियामाथि ५-० को गोल वर्षा गरे पनि समूहको उपविजेतामा चित्त बुझाउनु पर्यो । पहिलो दुई खेलमा निरश बराबरीमा रोकिएको स्पेनले खेलको ३० औँ मिनेटमा स्लोभाकियाको आत्मघाती गोलबाट अग्रता लिएको थियो । यसअघि खेलकाे शुरुवातमा नै स्पेनका लागि पेनाल्टीबाट गोल गर्न अल्भाराे माेराटा चुकेका थिए । पहिलो हाफको इन्जुरी समयमा एमेरिक लापोर्तेले स्पेनको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पाबलो साराबिया र फेरान टोरेसले एक–एक गोल थपे भने स्लोभाकियाले थप एक आत्मघाती गोल गर्न पुग्यो ।

समूह चरणको खेलपछि स्पेनको ५ अंक रह्यो भने स्वीडेनले ७ अंक बटुल्न सफल रह्यो । स्वीडेनले अब युक्रेन, चेक रिपब्लिक वा स्वीटजरल्याण्डको सामना गर्नेछ भने स्पेनले क्रोएसियाको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप