शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पुरेर घाइते बुढामगरलाई सेनाको हलिकप्टरद्वारा उद्धार

बुधबार, ०९ असार २०७८, २२ : ००
बुधबार, ०९ असार २०७८

गत राति रोल्पामा पहिरोले पुरिएर गम्भीर घाइते भएका एक जना व्यक्तिलाई बुधबार दिउँसो  नेपाली सेनाको हेलिकप्टरले उद्धार  गरी उपचार गर्न लगेको छ । मंगलबार राति रोल्पा   नगरपालिका वडा नम्वर–९ को होमा गाउँका टीका सिंह बुढा मगरका परिवारका ३ जना सदस्यको पहिराले घर बगाउँदा मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएका थिए ।  

गाडी आवतजावत नहुने भएपछि रोल्पा सदरमुकामबाट बिहान साढे चार बजेको समयमा हिँडेर घटनास्थलमा बुधबार साढे चार घण्टाको बाटो हिँडेर पुगेका रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले हेलिकप्टर बिना शव उठाउन र गम्भीर घाइतेलाई उपचार गर्न लैजान नसक्ने रातोपाटीसँग बताएका थिए ।

प्रहरी प्रवक्ता प्रहरी निरीक्षक  कृष्ण रानाले  त्यसको केहि समय पछि नेपाली सेनाको हेलिकप्टर घटना स्थलमा पुगेर तीनवटा शव सदरमुकामका अस्पतालमा छाडेर गम्भीर घाइते बुढा मगरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचारका लागि लगिएको जानकारी दिए ।

घाइते बुढा मगरकी आमा ८६ वर्षीया करमिता बुढा मगर, १८ बर्षीया बुहारी सुशिला र १५ वर्षीया छोरी श्यामकलाको  गएराती नै घर  पहिरोले बगाउँदा मृत्यु भएको थियो । बुढा मगरकी श्रीमती सुनमाया र ९ वर्षीय  छोरा शक्तिमान घाइते छन् । सामन्य घाइते उनीहरुको स्थानीय स्तर मै उपचार भई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप