शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारको बजेट पुरानो जिविसको जस्तो : मन्त्री आङ्बुहाङ

बुधबार, ०९ असार २०७८, १९ : ४७
बुधबार, ०९ असार २०७८

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेश सरकारको बजेटलाई पुरानो जिविसको जस्तो बजेट भन्दै टिप्पणी गरेका छन् ।  आफैँले प्रस्तुत गरेको बजेट पुरानो जिल्ला विकास समितिको जस्तै अनुदानमा आधारित  बजेट भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७८ मा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले भने, ‘हामी स्वतन्त्र ढङ्गले बढ्नु पर्ने आवश्यकता छ, तर पनि फेरि अहिले बाध्य भएर सङ्घको अनुदानमा आधारित भएर बजेट तयार गर्नुपर्ने बाध्यता कायम छ । प्रतीकात्मक भाषामा भन्दा पुरानो जिविस टाइपको, सङ्घले दिएको अनुदान चालू र पुँजीमा बाँडेर अगाडि बढ्ने जस्तो भइरहेका छौं ।’ 

बुधबार बैठकमा पेश गरिएको आर्थिक विधेयकमाथिको छलफलमा प्रदेशसभाका सांसदहरुको अरुचि देखिएको थियो । बैठकमा एक जनामात्रै प्रदेशसभा सदस्यले बोलेका थिए । जसपा संसदीय दलका नेता जयराम यादवले उठाएका प्रश्नको जवाफ दिएपछि विधेयक पारित भएको छ । 

विधेयकमाथि टिप्पणी गर्ने क्रममा यादवले प्रदेश सरकारले ल्याएको बजेट सङ्घीय सरकारको अनुदानमा केन्द्रित भएको र प्रदेश केन्द्रको निगाहबाट चलिरहेको बताउँदै  आत्मनिर्भर बन्ने काम गर्नुपर्ने बताए । उनले उठाएका प्रश्नहरुको जवाफ दिएपछि बुधबार नै विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयक सर्वसम्मतिले पारित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप