बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बुधबार, ०९ असार २०७८, १९ : ३५
बुधबार, ०९ असार २०७८

सप्तरी प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपित माथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले गत चैत १९ गते दश दिन कैद र सात लाख रुपैंया जरिवाना हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोलीले गाउँघरमै लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताए । अदालतले अभियुक्तलाई कैद÷जरिवाना भुक्तानका लागि आजै राजविराज कारागार कार्यालय पठाएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप