मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिको नेतृत्वबारे छलफल गर्न पौडेलले बोलाए बैठक

बुधबार, ०९ असार २०७८, १९ : २०
बुधबार, ०९ असार २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बैठक बोलाइएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।

सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् । पौडेल पक्षमा १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप